काठमाडौं - नेपाली बजारमा आज सुन प्रतितोला सुन दुई हजार एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ ।