काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।
हिजोको तुलनामा सुन प्रतितोला ६ सयले घटेर आज एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


0 comment