काठमाडौं - आज सेयर बजार सामान्य अङ्कले घटेर बन्द भएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अङ्कले घटेर २७४८. ०५ बिन्दुमा बन्द भएको हो । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैङ्कको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
0 comment