काठमाडौं - सेयर बजार परिसूचक (नेप्से) ३३. ४१ अङ्कले बढेको छ । आज सेयर बजारले २७ सय अङ्क पार गरेको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा आज दिन ७ अर्ब ४४ करोडको कारोबार भएको छ।
आज २११ कम्पनीको मूल्य बढेको छ। यसमध्ये ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९. ६२ प्रतिशतले बढेको छ ।
आज १ करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
0 comment