काठमाडौं - नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला एक हजार सात रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदी २० रुयौयाँले बढेर प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।