डीराज काेइराला

काठमाडौं - गरिमामय संसदमा अाेली सरकार बिरुद्धकाे अविश्वास प्रस्ताबमा बहसकालागि पक्ष बिपक्षमा बिभाजित माननीय सांसदहरुले राष्ट्रवाद र राष्ट्रवादीका सम्बन्धमा एक अर्काकाे खाेइराे खनेर अाब्रुक लिदै गरेकाे गार्इजात्रे व्याख्याकाे समापनसँगै अाेली सरकारकाे अध्याय समाप्त भयाे ।

अाेली सरकारका सम्बन्धमा” हलेदाे भन्ने जाने पछि काेट्याउनु किन” ?

सांसदहरुकाे यस्ताे व्याख्याले राष्ट्रवादी नभएकाे माननीय सांसद प्रधानमन्त्री बन्न नसक्ने र बने पनि कायम हुन नसक्ने कुराकाे पुष्टि गरेकाे छ ।

जे हाेस माननीय सांसदहरुकाे गार्इजात्रे व्याख्यालार्इ स‍विधानले अल्पशख्यक पारिदिएकैले निरिह अवस्थामा रहेका सार्वभाैम भनिएका नेपाली नागरिकहरुले स‍सदीय अभ्यास नै हाे भनेर मान्नु परेकाे छ ।

नेपालकाे भाँडभैले राजनितिमा King maker काे भूमिका निर्वाह गर्दै अाएका माननीय पुष्पकमल दाहाल ” प्रचण्ड” ले भारतीय मूलकाे हूँ भन्ने भारत भक्त नेपाली काग्रेसका राष्ट्रिय सभापति माननीय शेरबहादुर देउवा तथा भारतीय निर्देशनमा चल्दै अाएका मधेशवादी दल समेतकाे बैसाखी टेकेर करिव १५ दिन भित्र नेपालकाे सम्माननीय प्रधानमन्त्री बन्ने पक्का पक्की भएकाे छ ।

सांसदहरुकाे व्याख्या अनुसार नयाँ नेपालकाे नयाँ राष्ट्रवादी प्रधानमन्त्री भएपछि उनी अब पनि King maker कै भूमिकामा नै रहने हुन् कि वैसाखी टेकाइदिनेहरुकाे गाेटी बन्न बाध्य हुनेहुन् अहिलेनै भनिहाल्नु भन्दा समयले अाफै नै बताउने छ ।

हुन त उनले अाफू प्रधानमन्त्री हुँदा नेपाल र नेपाली नागरिक खुसि हुने कुरा भन्न नसकेकाे हाे वा भन्न बिर्सिएकाले हाे भारत चीन खुसी हुने कुरा बताइ सकेकै भए पनि

उनी प्रधानमन्त्री भइसके पछि निम्न लिखित बिषयमा देखिएका राष्ट्र र राष्ट्रियता सम्बन्धका केही जल्दा बल्दा समश्याका सम्बन्धमा के कस्ताे नीति अवलम्बन गर्ने हुन् ? पूर्ववर्ति सरकारले काम गर्ला गर्ला भन्ने भ्रम छरे जस्तै गरेर उनले पनि नेपाली नागरिकहरुलार्इ अल्मल्याउने हुन् वा राष्ट्रहितका काम गर्ने हुन नेपाली नागरिकहरु अाग्रह सहित नतिजाकाे प्रतिक्षामा रहेका छन् ।

१) तरार्इकाे मधेशवादी समश्या :-

याे समश्या निकै पुरानाे भएर पनि समश्याकाे चुर पत्ता लगाएर समाधान गर्नु भन्दा भारत र भारतीयहरुले लगाएका गुन बिर्सेर कृतध्न हुनु हुदैन, भारत रिसाउँछ भन्ने हिनताबाेधले ग्रसित शासकनेताहरुकै कारणले कट्मिराे अवस्थामा नै रहेकाे मधेश नामकाे समश्यालार्इ २ डिसेम्बर १८१५ काे तथाकथित सुगाैली सन्धिका नामबाट इष्ट इण्डिया कम्पनी सरकारले प्रचार प्रशारकै भरमा हड्पेकाे उक्त सन्धिकाे धारा ३ र धारा ५ मा उल्लेख भएकाे भूभाग मध्ये सन् १८१६ मा इष्ट इण्डिया कम्पनीसँग भएकाे राजाकाे लाल माेहाेर लागेकाे सन्धिले फिर्ता हुन अाएकाे काेशी नदीदेखि गण्डकी नदिसम्म र गण्डकी नदीदेखि राप्ती नदीसम्मका बुटवल खास लगायतका तराइका भूभागसँगै अाएका तराइका रैथाने बासिन्दाहरुका सन्तान दर सन्तानहरु रसन् १८५६ मा तिब्बतसँग भएकाे सन्धि अनुसार तिब्बतले पक्राउ गरेर युद्धबन्दीकारुपमा राखेका पठान भनेका चुराैटे लगायतका मुसलमानहरु तथा सिख भनेका “पन्च क पालनकर्ता” सर्दारहरुका सन्तान दरसन्तानहरु पहाडमा हुन वा तराइमा हुन नेपाली नागरिक हुन ।

यस्तै सन् १८६० मा इष्ट इण्डिया कम्पनी सरकार सँग भएकाे सन्धि अनुसार फिर्ता हुन अाएकाे राप्ती नदीदेखि महाकाली नदिसम्मकाे भूभागसँगै ( नयाँ मुलुक हालकाे बाँके बर्दीया कैलाली र कन्चपुर) अाएका रैथानेहरुका सन्तान दरसन्तान नेपाली नागरिकहरु हुन ।

तर ३१ जुलार्इ १९५० मा भएकाे नेपाल भारत मैत्री तथा शान्ति सन्धिकाे धारा ७ अन्तर्गतकाे सुविधा उपभाेग गर्दै अाएका भारतीय नागरिकहरुलार्इ विगतका राष्ट्रघाती सरकारहरुले तराइका मूल बासिन्दा रैथाने नेपाली नागरिकहरुलार्इ अलग अलग नगरी एउटै दर्जामा राखेर अाफ्नै भूमिमा अल्पशख्यक बनाइएका तराइका नेपाली नागरिकहरुलार्इ अन्याय भएका कारणले मधेशनामजाेडेर गुमेकाे साख जाेगाउँदै र भाेट जित्नकालागि समश्या जन्माइएकाे हाे भन्ने कुरा माननीय पुष्पकमल दाहालले नजानेकाे कुरा हाेइन ।

त्यसैले अब बन्ने दाहाल सरकारले काे काे भारतीय हुन भन्ने पहिचान गरेर त्यस्ता भारतीयहरुकाे नागरिकता खारेज गरी उनीहरुलार्इ भारतमा नेपाली नागरिकहरुले भारत सरकारबाट पाए सरह Reciprocal basis काे सुविधा मात्र दिएर तराइका रैथाने बासिन्दा नेपाली नागरिकहरु समेतकाे पहिचान मागकाे अान्दाेलनकाे यथाेचित चित्तबुझ्दाे सम्बाेधन भावी राष्ट्रवादी प्रधानमन्त्री पुष्पकमल दाहालले गर्लान त ?

२) सुगाैली सन्धिले गुमेकाे तर ३१ जुलार्इ १९५० काे नेपाल भारत मैत्री तथा शान्ति सन्धिकाे धारा ८ ले भारत सरकारका तर्फबाट बृटिस सरकारले गरेका सबै पुराना सन्धिहरु खारेज गरे पछि फिर्ता हुन अाएकाे सुगाैली सन्धिकाे धारा ३ मा उल्लेखित मेची नदी पूर्व र टिष्टा नदी पश्चिम (बंलादेशकाे सीमानासम्म ) काे भूभाग तथा महाकाली नदी पश्चिम सतलज काङ्गडासम्मकाे सम्पूर्ण भूभागहरु (सन् १८१६ र १८६० मा फिर्ता भर्इ अब फिर्ता हुन बाँकी रहेका सबै भूभाग) फिर्ता ल्याउने काम राष्ट्रवादी प्रधानमन्त्री पुष्पकमल दाहालले गर्लान त ?

३) विगतकाे सरकारले नेपाली जनताका अाँखामा छाराे हाल्नकालागि भारतसरकारस‍ग भएका सन्धि पुनरावलाेकन गर्न भर्ती गरेका प्रबुद्ध वर्ग समेतकाे उपस्थतिमा भारतीय प्रबुद्धवर्गका तर्फबाट सीमानका जङ्गे पिलर नराख्ने तथा नेपाललार्इ भुटान जस्ताे बनाउने अभिव्यक्ति दिदा कुटनैतिक भाषाबाट प्रतिवाद गर्न नसकी टुलुटुलु हेरेर बस्ने,सन्धि सम्झाैताहरुकाे गहन अध्ययन नगरेका हिनताबाेधका ग्रन्थीले अपाङ्ग जस्तै बनेका तथाकथित नेपाली प्रबुद्धवर्गका सदश्यहरुलार्इ ६ सेप्टेम्बर १८४१, ११ नाेभेम्बर १८६५ ८, जनवरि १९१० र ८ अगष्ट १९४९ का इष्ट इण्डिया कम्पनी हुँदै भारत बनेकाे भारत सरकार र भुटान सरकारका बिचमा भएका सन्धि समेतमा उल्लेख भएकाे भुटान देशकाे भारतले( Lease) भाडामा लिएकाे कालेबुङ्, १८ डुवर्स तथा अासाम डुवर्स भारतले जबरजस्ति अाफ्नाे पारेकाे हाे भन्ने कुरा थाहा नपाएकातथा भारतीय प्रबुद्धवर्गकाे कुटनैतिक रणनीति बुझ्न नसक्ने वा बुझेर पनि नबुझेकाे अभिनय गर्न सक्ने वा बुझ्न नचाहने वा भारतले जिब्राे थुत्छ भन्ने डर बाेक्ने वा अाफ्ना अन्नदाताकाे निर्देशन पालना गरेकै कारणले हाे त्यस्ता तथाकथित नेपाली प्रबुद्धवर्गका सदश्यहरुलार्इ अयाेग्य सावित गरेर परिवर्तन गर्लान त ?