काठमाडौं - क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन् । 

दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । 

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो । 

उक्त दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’ मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको जनाएको छ। ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या धेरै छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर भएको दूतावासले जनाएको छ। 

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्सक्यालगरी सहरमा पनि यस्तै शिविर मार्फत सेवा प्रवाह गरेको थियो ।