काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०९ अङ्कले घटेर २७११. ७५ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज ७ अर्ब ९ करोड २८ लाखको कारोबार भएको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैङ्क र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
0 comment