उपेन्द्र झा

जनजीवनलाई अस्त व्यस्त बनाउने बाढी, पहिरोको प्रकोप सालमा एकपल्ट आउँछ । तर नेपाली जनजीवनमा महामारीको रुपमा प्रवेश गरेको विषादिको प्रयोग मानव सभ्यताका लागी ठुलो चुनौतीको रुपमा देखा परेको छ । कृषिजन्य उत्पादनमा बाध्यात्मक रुपमा प्रयोग हुने प्लान्ट क्वोरेन्टाइन एवं विषादिका व्यवस्थापन केन्द्रमा दर्ता भएको विषदिको संख्या १३९ किसिमका छन् । भारतमा यो संख्याको दोब्बर भन्दा पनि बढी विषादि कृषिजन्य उत्पादनमा प्रयोग हुने गरेको छ ।

वातावरणीय प्रभाव अनुसार वालीको सुरक्षा  तथा अत्यावधिक उत्पादन लिने उदेश्य मात्रामा प्रयोग गरिने विषादि निविकल्प अवस्थामा रहेको छ । व्यावसायिक खेतीका लागी बालीको सुरक्षा र बढी उत्पादनको तीव्र विचारमा मानव स्वास्थ्य प्रवेश गरेको पाइन्न । ति नयाँ वैज्ञानिक प्रविधिको आविष्कारले जहाँ मानवलाई संसारसगँ जोड्यो, आधुनिक मानवको रुपमा उभ्यायो । उही आधुनिकताको नाममा मानव जीवनशैली उदाङग , असन्तुलित र अराजक बन्यो । यही आजक शैलीले वातावरणको स्वच्छतालाई नाश गयो । वातावरणको स्वच्छता बिर्गान मानवको अज्ञानता आक्रामक हस्तक्षेपले वातावरण अशुद्ध  मात्र होइन , अनेक शक्तिशाली ब्याक्ट्रियाहरु जन्मिदै गएपछि यो मानव जीवनका लागी प्रकोपको रुपमा देखा परेको छ ।

वातावरणीय स्वच्छता कायम राख्न जैविक तथा वानस्प्तिय योगदानको सन्तुलनमा मानवको अराजक हस्तक्षेपले प्राकृतिक प्रणालीनै बिग्रिएर मानव विपरितको वातावरणीय बिकता आएको छ । मानव सभ्यतालाई नष्टगर्ने यी विवादलाई शक्ति राष्ट्रहरुले चिन्ताको विषय बनाएका छन् ।तर नेपाली जनजीवन विषदि प्रयोग  गरेर रोगी हुदै उल्लेख्य रुपमा मर्दै जाने प्रति सरकाको कुनै चासो नदेदिनु ठुलो  दुर्भाग्य हो ।

नेपालमा ४० वर्षदेखि भित्रिएको केमिकल मल र विषदि २० वर्ष यता विषादिको प्रयोग तीव्र रुपमा बढेको छ । अन्नबाली ,दलहन ,तेलहन ,तरकारी सागपात तथा फलफूलहरु सबै विषादियुक्त्त रहेकाले विषादिबाट बच्ने कुनै विकल्प नरहेको अवस्थामा मानव जीवनको अवस्था के हो ? कुनै विषादि  दीर्घकालीन प्रभाव जमाउने किसिमका छन् भने कनै अल्पकालीन  तर यसको पनि वर्गीकरण गेको पाइदैन । यति लामो समयदेखि नेपाली जनजीवनमा विषादिको प्रयोग भई रहेको, स्वास्थय बिग्री रहेको तथा अस्पतालमा रोगीको संख्या यसैकारण बढी रहेको कुरा अध्ययन अनुसन्धान डाक्टरहरुले लेखमार्फत सार्वजानिक गर्न लाग्दा यो महामारी बारे सर्वसाधारणले थाहा पाए ।

भारत तरकारी,फलफूल लादिएको सयकडौँ मालवाहक वाहन विषादिको परिक्षणका लागी सिमा नाकामा रोकिए पछि विषादिकै आतंक फैलिएको हो । यो भन्दा पूर्व सबै तै चुप मै चुपको अवस्थामा व्यक्तिगत पीडा भोगी रहेका थिए । साधन श्रोतको अभावमा सरकारले सिमा नाका रोकिएको मालवाहक वाहनलाई नेपाल प्रवेश गर्न अनुमति दियो । विषादियुक्त तरकारी , फलफूलको आयात पूर्वत संचालनमा आयो । तत्काल सरकारले पनि कुनै विकल्प खोज्न सकेन । जेहोस् अज्ञानवशं सिमा नाकामा रोकिएको मालवाहक वाहकको घटनाले नेपाली जनजीवनमा विषादिको बारे  प्रचार आतंक फैलाउन राम्रो भूमिका खेल्यो । रोकिएको भारतीय तरकारीको परिक्षण गर्दा विषादिको मात्रा ७०% भन्दा माथि थियो ।

वि.स. २०४६–०४७ सालतिर नेपालमा महामारीको रुपमा मलेरियाको प्रकोप धेरै मात्रामा देखिएको थियो । मानव जीवनमा बचाउन त्यतिबेला डिटीटी विषादि बरदान सावित भएको थियो । कीटनाशकको रुपमा पनि यसको प्रयोग प्रभावकारी सावित भएको थियो । विस्तारै यो विषादि मानव जीवनको मह्त्वपूर्ण अंग बन्यो भने पछि विनाशका कारण पनि बन्यो । विस्तारै त्यसको प्रयोग बन्द भयो । 
नेपालमा बढी हुने प्रयोग अर्गानोक्लोरिन ,अर्गानोफोस्फेट, पाईरिथ्रोइड्स र कार्बामाईट नामका विषादि विज्ञहरुले पहिचान गरेका छन् । सम्पूर्ण परिक्षण गर्नाका लागीउपकरण प्रविधि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेकाले नाकामा आउने तरकारी र फलफूलको विषादि जाँच सम्भव छैन ।कालिमाटीमा खोलिएको विषादि परिक्षण ईकाईमा परिक्षण उपकरणको अभाव छ ।

यसले विषादिको अवशेषपत्र परिक्षण गर्नसक्दछ भनिन्छ । कृषि विभाग अन्तर्गत रहेको प्लान्ट क्वोरेन्टाइन सगँ पनि पूर्ण जाँचको साधन नभएकाले सिमा नाकामा जाँच्को प्रक्रियाबाट सरकार पछि हटेको देखियो । अहिले नाकामा राखिने सिमित प्रकारका जाँच उपकरणले विषादिको पूर्ण जाँच गर्न असक्षम नै रह्ने देखियो । जाँचको पूर्णता प्राप्त गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ताईवानबाट आयात गरेको उपकरण जस्तै हरेक सिमा नाकामा उपकरण राख्नु पर्न हुन्छ । अनि मात्र विषादि युक्त कृषिजन्य उत्पादनको आयातलाई नियन्त्रण गर्न सकिन्छ ।

कृषिजन्य नेपाली उत्पादनभन्दा भारतबाट आयात  हुने उत्पादन बढी विषालु छन् । नेपालको उत्पादनमा तराईमा बढी विषादिको प्रयोग छ भने पहाडमा मध्यम तथा दुर्गममा किञ्चित पनि छैन । तर कम तथा विषादि रहित कृषि उत्पादनमा प्रतिस्पर्धामा नरहेकाले यो व्यक्ति प्रयोगका कारण मानिसमा क्यान्सर रोग लाग्ने , स्नायु प्रणाली  प्रभावित हुने आदि रोगको संख्या दिनानुदिन बढ्दो छ । स्वास्थ्य परिक्षण अध्ययनले यही देखाएको छ । 

रासायनिक पदार्थ तथा विषादी नियन्त्रणमा गर्न अन्र्तराष्ट्रिय सन्धि सम्झौता अनुसार यहाँ पनि कानुन बनेको छ । तर विषादि प्रयोगको महामारीमा सम्पूर्ण नेपाली जनसंख्या सिकार भई रहेको अवस्था  छ । नेपली जनजीवनमा विनाश तिर अग्रस भई रहेकोप्रति न सरकार न उपभोक्त्ता कोही सचेत भई रहेको देखिदैन र दैनिक जीवनमा आवश्यकता पूर्ति गर्न त्यही विषादि तरकारी प्रयोग गर्न त्यही विषादि तरकारी विष खाने , खुवाउने बासी रहेको प्रथालाई हटाउन बैकल्पिक मार्गको खोजी आवशयक बुझिएको छ ।

नेपाली जनजीवनमा दशकौँ देखि विषादिको प्रयोग भई रहेको  यसको नियन्त्रणमा सरकारको उदासनीयता  निश्चय पनि एउटा समस्या बनेको छ । विषादि खाएर मृत्युको सिकार भई रहेको उपेक्षा हुनु निन्दनीय छ । यो महामारीलाई रोक्न जनस्तरबाट पनि आवाज उठ्न जरुरी देखिन्छ । यस्तो महामारीप्रति सम्वेदनशील नहुनु सभ्य सरकारको परिचय होइन । विषादि नियन्त्रण तर्फ यथाशीघ्र कदम चालियोस् ।