काठमाडौं - नेपालमा ४० लाख मात्रा साइनोभ्याक खोप आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीन सरकारको अनुदानमा शनिबार ३५ लाख र सोमबार ५ लाख डोज साइनोभ्याक खोप आएको हो ।
पहिलोपटक नेपाल यो आएको खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने बताइएको छ । यो खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने खोप हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो ।
0 comment