काठमाडौं - सुनको मूल्यले नयाँ कीर्तिमान जारी राखेको छ । 

सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।