काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । 

विभिन्न कम्पनीका दुई करोड ८ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर ८ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

आजको कारोबारमा म्युचुअल फण्ड बाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फन्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । 

साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआईसी एसिया ऋणपत्र २०८२- ८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।