काठमाडौं - साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४७ अंकले बढेर २७४५. ३६ को विन्दुमा पुगेर बन्द भएको छ।

आज ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ भने आज गुडविल फाइनान्सका सेयर धनीहरूले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ। 

आज सर्वाधिक कारोबार भने कुमारी बैङ्कको भएको छ। यस बैङ्कको आज ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।