काठमाडौं - आज नेप्से परिसुचक ४३ दशमलव २२ अङ्कले बढेको छ।  हिजो २६९९ दशमलव ६६ मा बन्द भएको नेप्से आज बढेर २७४२ दशमलव ८८ अङ्क पुगेको हो। 
 
कारोबार रकम पनि बढेको छ। आज  कारोबार रकम बढेर ५ अर्ब ४९ करोड पुगेको छ। 

आज बजारका सबै सब इन्डेक्स बढेर बन्द भएका छन्।  आज सबैभन्दा धेरै ट्रेडिङ समूह सबैभन्दा धेरै बढेको छ। आज यस समूहको परिसूचक ३ दशमलव ४४ प्रतिशतले बढेको छ।