गाजाको उत्तरी गाजा पट्टीको जबालियामा इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु भएको गाजाको हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत वर्षको अक्टोबर ७ यता गाजामा कम्तीमा ४२ हजार १७५ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच,लेबनानको दक्षिणी भागमा इजरायली सेनाले संयुक्त राष्ट्रसंघका शान्ति सैनिकमाथि गरेको आक्रमणको विश्वका नेताहरूले निन्दा गरेका छन् ।

इजरायलमा,आईडीएफले लेबनानबाट धेरै प्रक्षेपणहरू रोकेको बताएको छ । पहिले लेबनानबाट दुई र सिरियाबाट अर्को ड्रोन फेला परेको रिपोर्ट गरेको थियो।

लेबनानको मध्य बेरुतमा बिहीबार भएको दुई इजरायली आक्रमणमा परी २२ जनाको मृत्यु भएको लेबनानका प्रधानमन्त्रीले बताएका छन् ।z-