काठमाडौं - लेबनानको मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी ११७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेरुतको सानो शिया इलाका बाचौरामा आक्रमण भएको स्थानबाट ठूलो विस्फोटको आवाज आएको र उद्धारकर्ताहरूले घटनास्थलमा भग्नावशेष खनेको देखिएको बिबिसीले जनाएको छ ।

एम्बुलेन्समार्फत धेरै घाइतेहरूलाई अस्पतालमा पुर्याईएको छ ।

आक्रमणमा हिजबुल्लाहका नेता हसन र समूहका एक उच्च सुरक्षा अधिकारी वाफिक सफालाई निशाना बनाइएको समाचार छ ।

इजरायली आक्रमणले बाचौराका दुई घना बस्ती, नवेरी र बास्ताका आवासीय भवनहरूमा आक्रमण गरेको थियो।

आक्रमणअघि कुनै चेतावनी नदिईएको र इजरायली रक्षा बल आईडीएफले पनि यसबारे कुनै टिप्पणी दिएको छैन।