काठमाडौं - बेरुतमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ५ जनाको मृत्यु भएको लेबनानी अधिकारीले बताएका छन् ।

हिजबुल्लाहसँग सम्बन्धित एक मेडिकल सेन्टरको मुख्यालयमा ईजरायलले आक्रमण गरेको समाचार छ । दक्षिणी बेरुतमा हिजबुल्लाहको गढ दाहिहमा पनि आक्रमण भएको छ ।

देशको दक्षिणमा इजरायली सेनाले आज बिहान हवाई आक्रमण जारी राख्ने चेतावनी दिएको छ ।

इजरायलले यसै साता दक्षिणमा स्थल आक्रमण सुरु गरेको र हिजो लेबनानभित्र आफ्नो आठ सैनिकको मृत्यु भएको घोषणा गरेको थियो ।