काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अङ्कले बढेर २६२३. ५६ बिन्दुमा कायम भएको छ । 

आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको सेयर मूल्य ९. ९९ प्रतिशतले बढेको छ । 

आज ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाई धनीले गुमाएका छन् ।