काठमाडौं - राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी  रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै दुई महिनाका लागि  पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए।

जस अनुसार पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको  छ।

दुई महिनाको अवधिमा यस क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले भने यस अघि नै केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।