काठमाडौं - माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा संगठनका नेतालाई पक्राउ गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । शनिबार मकवानपुरको हेटौंडामा राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए । पक्राउ गरिएको त्यस घटनाको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले समेत संसद्‍मा विरोध जनाएका छन् ।