काठमाडौं - धनगढीमा ग्यास सिलिन्डर पड्‌किँदा तीन जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका- ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा पड्किएको हो ।

सिलिन्डर पड्‌किँदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।