काठमाडौं —ग्रेटर नेपाल राष्ट्रिय मासिकको १२ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै ग्रेटर नेपाल महाअभियानका राष्ट्रिय संयोजक डा. सुरेन्द्र ढकालले लडेर भएपनि गुमेको नेपाली भूभाग फिर्ता लिएरै छाड्ने बताएका छन । अहिलेसम्म टिष्टा कांगडा कसरी भारतको भयो ? नेपाली भूमीमाथी भारतले कसरी गिद्धे नजर लायो ? भन्ने कुरा हाम्रा प्रकाशन मार्फत जनतालाई बुझाउदै सुनाउदै आयौं अब यसरी निकै समय लाग्ने भएको हुँदा लडेर गुमेको भूमी फिर्ता गर्ने उद्घोष संयोजक ढकालको थियो । समृद्धि नेपालको लागि गफ गरेर विभिन्न वादको नारामा जनतालाई भूलाएर नहुने भन्दै आफ्नो सबै सम्पत्ती ट्रष्ट बनाएर ग्रेटर नेपाल महाअभियानमा होमिएको कुरा उल्लेख गर्दै आफ्नो जन्मथलो काठमाडौं क्षेत्र नं १ मा करिब ७० वटाभन्दा बढी सामाजिक संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिरहेको ढकालले बताए । 


ग्रेटर नेपाल कसरी गुम्यो भन्ने तथ्यगत सवाललाई उल्लेख गर्दै जनताले साथ दिएमा यो मुलुकलाई हाम्रै पालामा समृद्धि पनि बनाउन सकिने र ग्रेटर नेपाल पनि बनाउन समय नलाग्ने बताए । आफूसँग यो मुलुकलाई समृद्धि बनाउने थुप्रै योजनाहरु छन् र ती योजना कार्यान्वयनका लागि कसरी अगाडी जाने भन्ने ठोस आइडिया पनि आफूसँग भएको हुँदा जनतालाई यीनै कुरा सुनाउदै आफू कुनै पनि दलमा आवद्ध नभई एक नागरिकको हिसावबाट अभियान चलाईरहेको जानकारी समेत ढकालले दिए । 


वर्तमान व्यवस्थाभित्र रजगज गरेर सात पुस्तालाई सम्पत्ती जोडजाम अभियानमा लागेकाहरुबाट अब यो मुलुक थप कंगाल हुने भन्दा अरु केही नहुने ठोकुवा गर्दै जसरी हुन्छ लिनेले हैन दिनेहरुबाट यो मुलुकको समृद्धिको मार्गचित्र कोर्नुपर्छ भन्ने कुरा पनि संयोजक ढकालले बताए । आफू रहुन्जेल कसैले साथ नदिएपनि यो अभियान चलाइरहने संयोजक ढकालको प्रतिवद्धता थियो । कार्यक्रममा अभियानमा जोडिएका विभिन्न व्यक्तित्वहरुले शुभकामना मनतव्य राख्दै अव ग्रेटर नेपाल बनाउने अभियानमा साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा बोल्दै ग्रेटर नेपाल पव्लिकेसनका राष्ट्रिय अध्यक्ष रामशरण पाण्डेले यो मुुलुकमा सबैभन्दा पहिला भ्रष्ट्रचारीहरुलाई पत्तासाप नगरी समृद्धिको सपना पूरा नहुने ठोकुवा गरे । साथै यही अभियानसँगसँगै भ्रष्ट्रचारका विरुद्धमा पनि देशव्यापी कार्यक्रमहरु गर्दै अगाडी बढाउने अध्यक्ष पाण्डेको भनाई थियो । 


ग्रेटर नेपाल बनाउन अहिलको वर्तमान शासन व्यवस्था पनि वाधक रहेको हुनाले व्यवस्था परिवर्तनका लागि पनि समिक्षासहितको सोंच बनाउने पर्ने धारणा राखे । विगत १२ वर्षदेखि सुरेन्द्र ढकाल प्रतिष्ठानको सहयोगमा ग्रेटर नेपाल साप्ताहिक प्रकाशन हुँदै आएको र हाल सो पत्रिका ग्रेटर नेपाल पव्लिकेशनमार्फत राष्ट्रिय मासिकको रुपमा प्रकाशन भइरहेको छ । ग्रेटर नेपाल पव्लिकेसनले ग्रेटर नेपाल राष्ट्रिय मासिक, वि एन टिभी अनलाइन, विशाल नेपाल अनलाइन नारी पाक्षिक प्रकाशन तथा प्रसारण गर्दै आइरहेको छ । पव्लिकेशनले हरेक वर्ष राष्ट्रका लागि योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गर्दै आइरहेको छ । यो वर्ष ग्रेटर नेपालले देशभर आफ्नो सर्वसुलभ र स्तरीय बैंकिङ सेवा प्रदान गरी वित्तीय क्षेत्रमा उल्लेखनीय योगदान दिएकोमा राष्ट्रिय बाणिज्य बैंकलाई सम्मान ग¥यो । 


कार्यक्रममा ग्रेटर नेपाल मासिकका कार्यकारी सम्पादक तेजेन्द्र प्रसाई, लेखक विष्णु भट्टराई स्तम्भकारहरु साथै पव्लिकेसनका कार्यकारी निर्देशक जीवन थापा, विशाल नेपाल अनलाइन न्युजका सह सम्पादक गोविन्द विक, रामशरण रिमाल, विभिन्न समुहका पदाधिकारीहरु, समाजसेवीहरु अभियानमा जोडिएका लव्धप्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।