काठमाडौं - काठमाडौंको नारायणहिटी अगाडि राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका छन्। मोटरसाइकल र्यालीसहित उनीहरूले शनिबार दिउँसो नारायणहिटी अगाडि पुगेर प्रदर्शन गरे ।
प्रदर्शनकारीहरूले नारायणहिटी खाली गर्न चेतावनी दिँदै राजा छिट्टै फर्कने दाबी गरेका छन्। गत फागुन २५ गते पूर्वजारा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा पनि राजतन्त्रवादीहरुले भव्य स्वागतसहित विमानस्थल अगाडिबाट निर्मल निवास पुर्याएका थिए । त्यस दिनदेखि राजावादीहरु बढी नै हौसिएका छन् ।केही नयाँ समूहहरूले पुनः राजसंस्थाको पक्षमा आवाज उठाइरहेका छन्।
उनीहरू पूर्वराजालाई राजसिंहासनमा बसाएर नेपालमा पुनः राजसंस्था स्थापित गर्न चाहन्छन् । यद्यपि अहिलेको अवस्थाले त्यो सहज ढंगबाट हुने स्थिति भने देखिदैन । राजावादीको प्रदर्शनले नेपालमा मात्र नभइ भारतमा समेत चर्चा बटुलेको छ ।


0 comment