काठमाडौं - काठमाडौंको तीनकुनेमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रा १ ख २६२२ नम्बरको ट्रिपरले प्र ३- ०२- ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका- ११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका- ६ का रमेश तामाङको मृत्यु भएको हो ।
आज बिहान साढे ४ बजेतिर तीनकुनेको गैरीगाउँस्थित पेट्रोल पम्प अगाडिको सडकमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रिपरको ठक्करबाट घाइते उनीहरूलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरूको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।


0 comment