काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४. ४५ अकंले बढेर २५०८. ८६ बिन्दुमा कायम भएको छ । 

आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको  सेयर कारोबार भएको हो।  

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।