काठमाडौं -  आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम रहेको छ ।

आज तीन सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो  छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ थियो । 

चाँदीको मूल्य हिजोकै मुल्य १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।