काठमाडौं - सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सयले वृद्धि भएको छ ।

सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५९ हजार सात सय निर्धारण भएको छ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ । 

सोमबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।