वहुदलीय प्रजातन्त्रको स्थापनासँगै गिरिजा र सुजाताले शुरु गरेको राष्ट्रिय ध्वजावाहक तत्कालिन शाही नेपाल वायुसेवा निगमलाई धराशायी वनाउने धमिजा काण्ड, कांग्रेस एमाले र राप्रपा समेत मुछिएको राष्ट्रघाती एकिकृत महाकाली काण्ड, एमाले मुछिएको चेज एअर काण्ड, पुन कांग्रेस मुछिएको लाउडा काण्ड हुँदै पछिल्ला अवस्थामा आउँदा सबै मुछिएको वाइडवडि काण्ड, आरजु मुछिएको नक्कली भुटानी शरणार्थी काण्ड, विष्णु पौडेल लगाएत सिंगो एमाले मुछिएको ललिता निवास काण्ड, झापाको भ्यूटावर काण्ड, गिरिवन्धु टि स्टेट काण्ड, गणेशमानका छोरा र छोरी क्रमस प्रकाश मान र रिता वैद्य मुछिएको वालमन्दिर जग्गाकाण्ड, मिटरब्याज पिडित काण्ड, रवी र उसको राष्ट्रिय स्वतन्त्र पार्टी मुछिएको अरवौ रुपियाको सहकारी ठगी काण्ड, पशुपति जलहरी काण्ड, बाख्रा काण्ड, ३३ किलो सुन काण्ड, पछिल्लो अवस्थामा आएर कांग्रेसकै उपसभापती धनराज गुरुङ मुछिएको करोडौंको अर्को एक सहकारी ठगी काण्डको पर्दाफास भइरहेको तर दोषिहरु कारवाहीमा पर्नु त कता हो कता ठीक त्यस्को उल्टो अपराधीहरु देशको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीको पद ओगटेर बसिरहेको अवस्था छ अहिले । 

आफ्ना पार्टीका झोलेहरुलाई सर्वोच्च अदालतको प्रधान न्यायाधीस लगायतका अन्य न्यायाधीस, संवैधानिक आयोगहरुका प्रमुख र सदस्यहरुमा नियुक्त गर्न संवैधानिक परिषदमा आवश्यक बहुमत जुटाउने नाममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख भएकी इन्दिरा रानालाई पद छोडन वाध्य पार्ने, नमानेमा महाअभियोग लगाएर भएपनि हटाउने कशरतमा गठ (ठग) वन्धनका सरकारका नाइकेहरु लागि परिरहेछन् । यद्यपि यस पंक्तीका लेखक रवी वा उसको दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक होइन तापनि ठूला काण्डलाई ओझेलमा पार्दै फगत भीसाको अन्तवार्ता दिने दिन अलिकति नजिक्याइदेउ भनेर उपसभामुखको लेटर प्याडमा औपचारिक रुपमा दुतावासलाई चिठी लेखेकै कुरालाइ महाअपराध मान्दै उनी प्रति खनिनुले के कुरा प्रमाणित गर्छ भने तथाकथित गणतन्त्रमा राम्रा मान्छे हाम्रा होइनन हाम्रा मान्छे मात्रै राम्रा हुंदा रहेछन, भागवण्डा मिलुञ्जेल सबै कुरा ठीक नमिल्ने वित्तिकै सबै कुरा बेठीक हुदो रहेछ भनेर प्रमाणित भएको छ । 

सबै जस्ता काण्डमा शिर्ष दलहरुकै शिर्ष नेताहरुको नाम मुछिनुले गर्दा उनीहरुले सजाय पाउलान भनेर कल्पना पनि गर्न सकिने अवस्था छैन अहिले । अव हुने भनेको वाग्लादेशको जस्तै सडक आन्दोलनले यी दलहरुका हेडक्वार्टरहरु ध्वस्त गर्दै यिनीहरुको सम्पती राष्ट्रियकरण गरी यिनीहरुलाई देशबाट लेखट्ने होइनकी टुण्डिखेलमा लहरै राखेर वाहिर बाट जनताले ढुगाहानी मारेर यिनीहरुको मासु लोपोन्मुख गिद्धलाई खुवाउनु पर्ने बेला आएको छ । 

२०४७ पछि मन्त्री वनेका कुनैपनि लाभपदधारीको संपत्तीको श्रोत खोज्ने हो भने यिनीहरु सोझै जेल पर्छन । त्यहि डरले गर्दा सेना, अदालत, प्रशासन, प्रहरी जस्ता सबै ठाउमा आफ्ना मान्छे भर्ति गर्न यिनीहरु मरिहत्ते गरेर लागि परेका छन् । अवको न्याय दिने भनेको सडकबाट उम्लेको राष्ट्रिय जनआन्दोलनले मात्रै हो  । 

इन्दिरा रानालाई कारवाही गर्नु पर्छ भन्ने यिनै अपराधीहरु हुन र यिनीहरुले गरेको कुकृत्यलाई सबै छोडि पुच्छर हात भन्दा अत्युक्ति नहोला ।