काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङमाथिको छानबिनको प्रक्रिया चाँडै सुरु हुने बताएका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । उनले भने, 'कुन प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा चाहिँ तपाईंहरुलाई चाँडै थाहा हुन्छ ।’
सम्पत्ति विवरण सार्वजनिक गरेपछि विवादमा तानिएका गृहमन्त्री गुरुङले वैशाख ९ मा राजीनामा दिएका थिए । विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि उनी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।


0 comment