काठमाडौं  - राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन भएकी छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार पन्तलाई राष्ट्रिय सभा संसदीय दलको मनोनित गरेका हुन्। आङदेम्बेले यसअघिका राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका कृष्ण सिटौलालाई हटाएर पन्तलाई चयन गरेका हुन्।

त्यस्तै, प्रतिनिधि सभाको उपनेतामा अभिषेकप्रताप शाह चयन भएका छन्। संसदीय दलका नेता आङदेम्बेले शाहलाई उपनेता मनोनित गरेका हुन्। यसैगरी, आङदेम्बेले प्रतिनिधि सभामा संसदीय दलको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरेका छन्।  कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था रहेको छ।