काठमाडौं - आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने पर्व मनाइदै छ । 

आज बिहानै गोकर्णेश्वर महादेव मन्दिरस्थित बागमती नदी किनारामा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेहरूको घुइँचो लागेको छ ।