काठमाडौं - सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ । चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा सकिएको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमी (चैते दसैँ) देखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सुरु हुन्छ ।
राजा शिवसिंह मल्लले ने.सं. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलाएको मानिन्छ ।
सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीकका रूपमा हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको विश्वास गरिन्छ ।



0 comment