काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटीमा अवस्थित पवित्र चामुण्डा देवी मन्दिरबाट निकालिने ऐतिहासिक रथ यात्रा सम्पन्न भएको छ ।
चैते दसैँको अवसरमा हरेक वर्ष झैँ यस बर्ष पनि जोरपाटी भेगका विभिन्न मन्दिरहरू परिक्रमा गरी रथ यात्रा सम्पन्न गराइएको हो ।
सनातन धर्मको गहिरो आस्था र परम्परासँग जोडिएको यस रथ यात्रामा तीन वटा दिव्य रथहरूलाई विभिन्न मन्दिरहरूमा परिक्रमा गराइयो । देवी चामुण्डाको शक्ति पीठ मानिने यस स्थलबाट निस्कने रथ यात्राले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक ऊर्जा र भक्ति मय वातावरणले भरिपूर्ण बनाउने विश्वास गरिन्छ |
धर्म, संस्कार र परम्पराको अद्भुत संगमका रूपमा रहेको यो यात्रा केवल एक उत्सव मात्र नभई पाप नाश, दुःख कष्टको अन्त्य र सुख-समृद्धिको कामना गर्ने पवित्र अवसर पनि लिइन्छ।
हजारौं श्रद्धालु भक्तजनहरू देवीको दर्शन र आशीर्वाद लिन भेला भई यस दिव्य यात्रामा सहभागी भएका थिए।



0 comment