अघिल्लो साता ४३.०७ अंकले बढेर कारोबार बन्द भएको सेयर बजार परिसूचक नेप्से आज ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेको छ ।
आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँमा खरिदबिक्री भए।
आज ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रीय वीमा कम्पनी, लाईफ इन्स्युरेन्स कर्पोरेशन, मल्टीपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको हो । नेपाल फाइनान्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले घट्यो ।
आज कारोबारमा आएका १३ समूहमध्य ४ समुहको उपसुचक सामान्य उकालो लागेको छ भने ९ समुहको उपसुचक ओरालो लागेको छ । बैंकिङ, लाईफ इन्स्युरेन्स, म्युच्युअल फण्ड र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक सामान्य उकालो लागेको हो । होटेल समुहको उपसुचक सर्वाधिक ४.४९ प्रतिशतले ओरालो लाग्यो भने हाइड्रोपावर र अन्य समुहको उपसुचक ३ प्रतिशत बढीले ओरालो लाग्यो । त्यसैगरी, डेभलपमेन्ट, फाइनान्स र म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक २ प्रतिशत बढीले ओरालो लाग्यो । ट्रेडिङ समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्यो भने इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स समुहको उपसुचक सामान्य ओरालो लाग्यो ।
कारोबार रमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। हिमालयन रिइन्स्योरेन्सको आज ८२ करोड बढीको सेयर कारोबार भयो। यसैगरी, अपी पावरको ७८ करोड, कुमारी बैंकको ६५ करोड्, हाईड्रोईलेक्ट्रीसिटी र ङादी ग्रुपको ५२ करोड बढीको सेयर कारोबार भयो ।
0 comment