काठमाडौं - अघिल्लो दिन २७ अर्बको कारोबार गरेर नयाँ रेकर्ड बनाएको सेयर बजार आज भने २१ अर्बमा खुम्चिएको छ ।  

आज सेयर बजार परिसूचक नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि १.३२ घटेर बढेर ५११.१५ विन्दुमा पुगेको छ। 

आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५ लाख १० हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए। 

आज ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मातृभूमि लघुवित्त, पिपुल्स पावर, डोल्टी पावर र गुडविल फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।  

आज कारोबारमा आएका १३ समूहमध्य ५ समुहको उपसुचक बढेको छ भने ७ समुहको उपसुचक ओरालो लागेको छ । 

फाइनान्स समुहको उपसुचक सर्वाधिक १.५७ प्रतिशतले बढ्यो । बैंकिङ, इन्भेस्टमेन्ट, लाईफ इन्स्युरेन्स र ट्रेडिङ समुहकोउपसुचक सामान्य उकालो लाग्यो । अर्कोतर्फ, होटेल समुहको उपसुचक सर्वाधिक २.२५ प्रतिशतले घट्यो । डेभलपमेन्ट, म्यानुफ्याक्चरिङ्ग, माइक्रोफाइनान्स र नन लाईफ इन्स्युरेन्स समुहकोउपसुचक २ प्रतिशत बढीले घट्दा बाँकी समुहको उपसुचक सामान्य ओरालो लाग्यो । 

कारोबार रमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। नेपाल फाइनान्सको आज करीब ८२ करोडको सेयर कारोबार भयो। यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ६८ करोड, शिवम् सिमेन्टको ४४ करोड, अपी पावर र अरुण भ्याली हाइड्रोपावरको ४२ करोड बढीको  सेयर कारोबार भयो।