काठमाडौं - अघिल्लो दिन २५ अर्बको कारोबार गरेर नयाँ रेकर्ड बनाएको सेयार बजारले आज २७ अर्ब बढीको कारोबार गरेर हिजोको रेकर्डलाई पनि उछिनेको छ ।
आज सेयर बजार परिसूचक नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि १०.५६ अंकले बढेर ५१२.४७ विन्दुमा पुगेको छ।
आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भए।
आज १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर भने १० प्रतिशतले घट्यो।
आज कारोबारमा आएका १३ समूहमध्य ११ समुहको उपसुचक बढेको छ भने २ समुहको उपसुचक ओरालो लागेको छ ।
लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक ५.८५ प्रतिशतले बढ्यो भने फाइनान्स र ट्रेडिङ समुहको उपसुचक ४ प्रतिशत बढीले उकालो लाग्यो । डेभलपमेन्ट र हाइड्रोपावर समुहको उपसुचक ३ प्रतिशत बढीले लाग्दा बैंकिङ, होटेल र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक २ प्रतिशत बढीले बढ्यो । माइक्रोफाइनान्स र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले बढ्दा म्युच्युअल फण्ड समुहको उपसुचक सामान्य उकालो लाग्यो । म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्दा इन्भेस्टमेन्ट समुहको उपसुचक सामान्य ओरालो लाग्यो ।
कारोबार रमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब २२ करोड बढीको सेयर कारोबार भयो। यसैगरी, शिवम् सिमेन्टको ९२ करोड, नेपाल फाइनान्सको ८४ करोड, नेपाल इन्फ्रास्टक्चर बैंकको ७२ करोड र हिमालयन लाईफ इन्स्युरेन्सको ५७ करोड बढीको सेयर कारोबार भयो।
0 comment