काठमाडौं - गायक प्रकाश तिमिल्सिनाको आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

तिमिल्सिना ललितपुर महानगरपालिका- १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएको र शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तिमिल्सिनाका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ, तिम्रो हातको सिन्दूर, लगायतका गीतहरू चर्चित रहेका छन् ।