काठमाडौं - निरन्तर उकालो लागिरहेको सेयर बजार परिसुचक नेप्से आज भने १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा पुगेको छ।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा खरिदबिक्री भए। 

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। त्यसैगरी, कुथेली बुखारीको सेयर मुल्य ९.९७ प्रतिशतले बढ्यो । 

आज आठवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट, शुभम पावर, हाथवे र ओरेन्टल होटल्सको सेयर १० प्रतिशतले घटेको हो।

आज कारोबारमा आएका १३ वटै समूहको उपसूचक घटेको छ। फाइनान्स समूहको उपसूचक सर्वाधिक ८.२७ प्रतिशतले घट्यो भने होटेल एन्ड टुरिजम समुहको उपसुचक पनि ८ प्रतिशत बढीले घट्यो । त्यसैगरी, इन्भेष्टमेन्ट र लाईफ इन्स्युरेन्स समुहको उपसुचक ६ प्रतिशत बढीले घट्यो भने बैंकिङ, डेभलपमेन्ट, नन लाईफ इन्स्युरेन्स र ट्रेडिङ समुहको उपसुचक ५ प्रतिशत बढीले ओरालो लाग्यो । हाइड्रोपावर र म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक ४ प्रतिशत बढीले घट्यो भने माइक्रोफाइनान्स समुहको उपसुचक ३ प्रतिशत बढीले ओरालो लाग्यो । हाइड्रोपावर र म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक ४ प्रतिशत बढीले घट्यो भने माइक्रोफाइनान्स समुहको उपसुचक ३ प्रतिशत बढीले ओरालो लाग्यो । म्युच्युअल फण्ड र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्यो । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब ३९ करोड बढीको सेयर कारोबार भयो। त्यसैगरी, नेपाल रिइन्स्योरेन्सको ४८ करोड, सीईडीबी हाइड्रोपावरकको ४३ करोड, सानिमा माइ हाइड्रोपावरको ४२ करोड र शिवम् सिमेन्टको ४१ करोड बढीको सेयर कारोबार भयो।