काठमाडौं - आज सुन-चाँदीको मूल्यमा गिरावट आएको छ।

हिजो सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ५० हजार रुपैयाँ पुगेको सुनको भाउ आज प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।