काठमाडौं - आज सेयर बजार परिसुचक नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा कायम भएको छ। नेप्से बढेपनि सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा अडिएको छ।

आज ३२६ कम्पनीको ४ करोड ९७ लाख  ७३ हजार ७३० कित्ता सेयर २१ अर्ब ८६ करोड  ४९ लाख  ९२ हजार २७७ रुपैयाँमा खरिदबिक्री भए।

आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर भने १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब २६ करोड बढीको सेयर कारोबार भयो। ४९ करोड बढीको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट दोस्रो स्थानमा रह्यो।

यसैगरी सानिमा माइ हाइड्रोपावरको ४४ करोड, शिवम् सिमेन्टको ४२ करोड र माउन्टेन इनर्जीको ४० करोड बढीको सेयर कारोबार भयो।

आज कारोबारमा आएका सात समूहको उपसूचक बढ्दा ६ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटेल एन्ड टुरिजम समुहको उपसुचक सर्वाधिक ६.६९ प्रतिशतले बढ्यो भने अन्य र ट्रेडिङ समुहको उपसुचक ५ प्रतिशत बढीले उकालो लाग्यो । त्यसैगरी, हाइड्रोपावर, इन्भेष्टमेन्ट र लाईफ इन्स्युरेन्स समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्दा नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक १ प्रतिशत बढीले बढ्यो । फाइनान्स समुहको उपसुचक ४.६६ प्रतिशतले घट्यो भने बाँकी सौहको उपसुचक सामान्य ओरालो लागेको छ ।