काठमाडौं - साताको सुरुवातदेखी नै निरन्तर उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज भने ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२९ अंकले घटेर ४९२.७५ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
आज ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार २१ अर्ब ९१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपमेन्ट, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो । पिपुल्स हाइड्रोपावरको सेयर भने ९.१३ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज ५९ करोड ७५ लाख बढीको सेयर कारोबार भयो।
यसैगरी शिवम् सिमेन्टको ४३ करोड, सीईडीबी हाइड्रोपावरको ४२ करोड, नेपाल फाइनान्सको ४१ करोड र नेपाल इन्फ्रास्टक्चर बैंकको ४१ करोड बढीको सेयर कारोबार भयो।
आज कारोबारमा आएका ६ वटा समूहको उपसूचक बढ्दा ७ वटा समूहको उपसूचक नकारात्मक देखिए। लाईफ इन्स्युरेन्स समुहको उपसुचक सर्वाधिक ३.६९ प्रतिशतले बढ्यो भने इन्भेष्टमेन्ट समुहको उपसुचक २ प्रतिशत बढीले उकालो लाग्यो । फाइनान्स, म्युच्युअल फण्ड र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक १ प्रतिशत बढीले उकालो लाग्दा होटेल एन्ड टुरिजम समुहको उपसुचक सामान्य बढ्यो ।
ट्रेडिङ समुहको उपसुचक सर्वाधिक ३.५४ प्रतिशतले घट्यो भने बैंकिङ, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्यो । अन्य समुहको उपसुचक सामान्य घट्यो ।


0 comment