लामो समय निरन्तर उकालो लागेर अघिल्लो दिन एकाएक २७.३२ अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज फेरी ३२.०२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि सेन्सेटिभ इण्डेक्स ७.११ अंकले बढेर ४६०.०५ विन्दुमा पुगेको छ।
आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँमा खरिदबिक्री भयो।
सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय संस्था, जीव विकास लघुवित्त वित्तीय सुंस्था र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, अन्य ११ कम्पनीको शेयर मुल्य पनि ९ प्रतिशत बढीले बढेको छ ।
आज कारोबारमा आएका ९ समूहको उपसूचक उकालो लाग्दा अन्यको उपसूचक ओरालो लाग्यो। माइक्रोफाइनान्स समूहको उपसूचक सर्वाधिक ६.८२ प्रतिशतले बढ्यो भने नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक २ प्रतिशत बढीले उकालो लाग्यो । बैंकिङ र फाइनान्स समुहको उपसुचक १ प्रतिशत बढीले बढ्यो भने होटेल, लाईफ इन्स्युरेन्स्, म्यानुफ्याक्चरिङ्ग, म्युच्युअल फण्ड र ट्रेडिङ समुहको उपसुचक समान्य उकालो लाग्यो । बाँकी समुहको उपसुचक सामान्य ओरालो लाग्यो ।
कारोबार रकमका आधारमा आज सानिमा रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज ३४ करोड बढीको सेयर कारोबार भयो।


0 comment