काँग्रेस एमाले गठबन्धनको सरकार बनेदेखी नै निरन्तर उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज पनि ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको छ। नेप्से बढे पनि सेन्सेटिभ इण्डेक्स भने २.३१ अंकले बढेर ४५९.१९ विन्दुमा पुगेको छ।
आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँमा खरिदबिक्री भयो ।
उच्च अंकले बढेको सेयर बजारमा आधा दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, नेपाल वेयरहाउजिङ कम्पनी र साहस उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, ग्लोबल आईएमईको ९.९८, हिमालयन उर्जाको ९.९६ र युनिभर्सल पावरको ९.८३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज कारोबारमा आएका सबै समूहको उपसूचक उकालो लाग्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.०६ प्रतिशतले बढ्यो भने लाईफ इन्स्युरेन्स र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक ४ प्रतिशत बढीले उकालो लाग्यो । त्यसैगरी होटेल, हाइड्रोपावर, इन्भेष्टमेन्ट र म्यानुफक्चरिङ्ग समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्यो । बैंकिङ, डेभलपमेन्ट र फाइनान्स समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्दा बाँकी समुहको उपसुचक १ प्रतिशत बढीले उकालो लाग्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। शिवम् सिमेन्टको आज २४ करोड ६९ लाख बढीको सेयर कारोबार भयो। त्यसैगरी, अपी पावरको २४ करोड २६ लाख,हिमालयन रिइन्स्योरेन्सको २३ करोड,साइन रेसुंगा डेभलपमेन्टको २१ करोड र नगदी ग्रुपो २० करोड बढीको सेयर कारोबार भयो।


0 comment