काठमाडौं - अघिल्लो दिन ७०.१८ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा पुगेको छ।
आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भयो।
आज सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगति हाइड्रोपावरको ९.९७,आँखु खोला जलविद्युतको ९.९५,मन्दाकिनी हाइड्रोपावरको ९.९० र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो। सिटिजन्स म्युचुअल फण्ड २ को सेयर भने ९.९० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आज सिंगति हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सिंगति हाइड्रोपावरको आज २३ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
आज कारोबारमा आएका सबै समूहको उपसूचक उकालो लाग्यो । ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ७.३० प्रतिशतले बढ्यो भने फाइनान्स र होटेल एन्ड टुरिजम समुहको उपसुचक ५ प्रतिशत बढीले उकालो लाग्यो । त्यसैगरी, डेभलपमेन्ट समुहको उपसुचक ४ प्रतिशत बढीले उकालो लाग्दा म्यानुफ्याक्चरिङ्ग र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक ३ प्रतिशत बढीले बढ्यो । बैंकिङ र फाइनान्स समुहको उपसुचक २ प्रतिशत बढीले उकालो लाग्यो भने हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले उकालो लाग्यो । म्युच्युअल फण्ड समुहको उपसुचक पनि सामान्य उकालो लाग्यो ।
प्रधानमन्त्री ओली नेत्रीत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेलले पद सम्हालेदेखी नै शेयर बजार तात्तिएको छ ।


0 comment