काठमाडौं - अघिल्लो दिन ५२.९७ अंकले बढेको नेप्से परिसूचक आज भने १७.१८ अंकले घटेर २२४०.४१ को विन्दुमा कायम भएको छ। 

आज ३३२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँमा खरिदबिक्री भए। 

आज जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

बैंकिङ १.४८, विकास बैंक १.८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ। लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ।

सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब ८ करोड ७२ लाख पाँच सय ८९ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता शेयर किनबेच भएको छ।