काठमाडौं - साताको पहिलो सेयर कारोबारको दिन आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ९.५९ अंकले बढेर ४०१.२५ विन्दुमा पुगेको छ।
आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँमा खरिदबिक्री भए।
आज रिडी पावर कम्पनी र मन्दु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भयो। हिमाल दोलखा हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले बढ्दा अरुण भ्याली हाइड्रोपावरको सेयर ९.३७ प्रतिशतले बढ्यो।
आज कारोबारमा आएका सबै समुहको उपसुचक उकालो लागेको छ । बैंकिङ समुहको उपसुचक सर्वाधिक ३.७४ प्रतिशतले बढ्यो भने हाइड्रोपावर समुहको उपसुचक ३ प्रतिशत बढिले उकालो लाग्यो । लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ्ग र ट्रेडिङ समुहको उपसुचक २ प्रतिशत बढिले उकालो लाग्यो भने माइक्रो फाइानान्स समूहको उपसूचक सामान्य उकालो लाग्यो । बाँकी समुहको उपसुचक १ प्रतिशत बढिले उकालो लाग्यो ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। जानकी फाइनान्सको आज २४ करोड बढीको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २१ करोड बढीको सेयर कारोबार हुँदा ग्लोबल आइएमई बैंकको २० करोड बढीको सेयर कारोबार भयो। त्यस्तै, नेपाल फाइनान्स १९ करोड बढीको सेयर कारोबार भयो।


0 comment