काठमाडौं - साताको अन्तिम सेयर कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको थियो। 

आज ३३१ स्क्रिप्सको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँमा खरिदबिक्री भए। 

आज बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भयो। सिटीजन्स सुपर ३० म्युचुअल फण्डको सेयर ९.९७ प्रतिशतले बढ्दा एनआईबीएल स्टाबल फण्डको सेयर ९.८३ प्रतिशतले बढ्यो।

आज लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ३.०६ प्रतिशतले बढ्यो भने बैंकिङ समुहको उपसुचक २ प्रतिशत बढिले उकालो लाग्यो । हाइड्रोपावर, म्युचुअल फन्ड, नन लाईफ इन्स्युरेन्स र अन्य समुहको उपसुचक १ प्रतिशत बढिले उकालो लाग्यो । माइक्रो फाइानान्स र ट्रेडिङ समूहको उपसूचक सामान्य ओरालो लाग्यो भने बाँकी समुहको उपसुचक सामान्य उकालो लाग्यो । 

कारोबार रकमका आधारमा आज सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सीएचडीसीको आज १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ग्लोबल आइएमई बैंकको १४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालय रिइन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स १२/१२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ११ करोड मूल्य बराबरमा कारोबार भयो।