रेडियम वास्तवमा युरेनियम क्षीण भए पछि वा नास भए पछि बाँकी रहेको अवशेष हो र प्रायः सबै युरेनियमका खानीहरुमा रेडियम पाइन्छ । रेडियम सफा सेतो रङ्गको हुन्छ तर हावाको सम्पर्कमा आएपछि रेडियम अक्सिजनसँग प्रतिक्रिया गर्छ र कालो रङ्गमा परिवर्तन हुन्छ ।

 रेडियम रेडियोधर्मी प्रारम्भिक तत्व हो र यसले राडोनको ग्याँस बनाउँछ । राडोन ग्याँस रेडियोधर्मी ग्याँस हो र यसका प्रयोग क्यान्सर रोगको उपचारको क्रममा प्रयोग हुने रेडियोथेरापीमा गरिन्छ । सन् १९९८ मा क्यूरी जोडी स्क्लोडोस्का र पिरीले रेडियम पत्ता लगाएका थिए । 

रेडियोधर्मी गुण के कारण सन् १९५० को दशकतिर रेडियमलाई स्वतः प्रज्वलित भित्ता बनाउन तथा हाते वा भित्ते घडीहरुमा पनि प्रयोग गरिन्थ्यो ।