हरि चौधरी,
काठमाडौं – बास्तवमा रुख विरुवमा फलहरु रुखको टुप्पोबाट मात्र होइन फेदाबाट पनि पाक्न सक्छ । फल कहाँबाट पाक्न शुरु हुन्छ भन्ने कुरा बिरुवामा फूल फूल्ने तरिका कस्तो किसिमको हुन्छ त्यसमा भर पर्दछ । भन्नुको तात्पर्य सामान्यतया फूल दुई किसिमबाट फूल्दछ रेसिमोस र साइमोस । रेसिमोसमा बिरुवाको डाँड वा हाँगा फूलमा गएर टुङ्गिदैन, बरु यो बढ्दै गैरहेको हुन्छ । जस्तो तोरी, मुला, गुलमोहर आदिमा । यिनीहरुमा यसकारण पुरानो फूल मुनी र नयाँ फूल माथि अर्थात टुप्पोतिर फूल्दछ । यसले गर्दा फल पनि पहिले टुप्पोतिर होइन फेदतिर लाग्दछ ।
अर्को प्रकारको विरुवा जस्तो कपास, विगोनिया आदिमा जहिले पनि पुरानो फूल सबैभन्दा टुप्पोमा रहन्छ र नयाँ मुनीबाट पलाउँछ । यसकारण फल पनि टुप्पोतिरबाटै पाक्न शुरु गर्दछ । यी त एक दुईवटा उदाहरण मात्र हुन् । हामीले फूर्सदको बेला यसो बगैंचा वा बारीतिर घुमेर याद गरौं कति रुखमा मुनिबाट, त्यस विरुवा वा रुखमा फूल फूल्ने प्रक्रियामा फल पाक्ने कुराको निर्भर रहेको हुन्छ ।
0 comment