काठमाडौं – भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने,  १२ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये चार जनाको स्वास्थ्ये अवस्था गम्भीर रहेको छ, उनीहरुको सरकारी अस्पतालहरुमा उपचार भइरहेको समाचार एजेन्सी एनएन आईले जनाएको छ ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । सो बसमा बिहारका बासिन्दा चढेका थिए । मृतकहरुको पहिचान अझै खुल्न न सकेको समाचार एजेन्सी एनएन आईले जनाएको छ ।